१३ बैशाख, २०८१ बिहिबार

07:26:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

३० भदौ, २०७९

नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको बबरमहलस्थित पार्टी प्यालेसमा उक्त सभा आज (बिहीबार) सम्पन्न भएको हो । कम्पनीको सम्पन्न सातौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट प्रस्तावित लाभांश पारित भएको हो ।

सभाले चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँको ५ प्रतिशतले हुन आउने ५८ करोड २५ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७।७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणहरु समेत पारित गरेको छ । कम्पनीको उक्त बोनस सेयर वितरण पश्चात पुनर्बीमाको चुक्ता पूँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

सभाले आर्थिक वर्ष २०७८।७९ को लागि बाह्य लेखापरीक्षकमा टि.आर. उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स, बानेश्वर, काठमाडौंलाई नियुक्त गर्ने निर्णय गरेको छ ।