२३ बैशाख, २०८१ आइतबार

11:14:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दुई अर्बमाथिको कारोबार हुँदा बिहीबार यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

३० भदौ, २०७९

दुई अर्बमाथिको कारोबार हुँदा बिहीबार यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

काठमाडौं । साताको पाचौै कारोबारको दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । दुई दिनसम्म बढेको बजारमा आज दोहोरो अंकको गिरावट आएको हो । बिहिबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ५७ अकंले घटेर १९२४.४८ बिन्दु बन्द भएको छ ।

बिहीबार सेयर बजार घटेपनि कारोबार रकममा भने सुधार आएको छ । केही दिनयता करोडमा झरेको कारोबार यस दिन २ अर्बमाथि पुगेको छ । बिहीबार २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा आज लक्ष्मी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको २१ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, रिडी हाइड्रोपावरको ११ करोड ६४ लाख, अपि पावरको ७ करोड ३५ लाख, एनटिसीको ६ करोड ६८ लाख, हिमालय डिस्टिलरीको ५ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।