२३ बैशाख, २०८१ आइतबार

03:56:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा ५७ अंकको गिरावट, कारोबार बढ्यो

Nepal Business

३० भदौ, २०७९

सेयर बजारमा ५७ अंकको गिरावट, कारोबार बढ्यो

काठमाण्डौं । दुई दिन बढेको सेयर बजार भारी अंकले ओरालो लागेको छ । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । 

नेपाल स्टक एक्चेञ्ज (नेप्से)का अनुसार सेयर बजार ५७ अंकले घटेर १९२४.४८ विन्दुमा बन्द भएको छ । 

सेयर बजारमा भारी गिरावट आउदा भने कारोबार बढेको छ । आज २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँको कारोबार भएको छ भने ६९ लाख ४० हजार ५९६ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै आज सबै उपसूचकहरु राताम्मे छन् । कम्पनीहरुमा सिटिजन्स म्युचल फण्ड ४.१२ प्रतिशत, मिरमिरे फाइनान्स विकास बैंक ३.८० प्रतिशत र ८.५ प्रतिशत डिभेञ्च्र १.९२ प्रतिशतले बढेका छन्।