८ जेठ, २०८१ मंगलबार

01:32:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बजारमा १ हजार दरका नक्कली नोट, दुई जना पक्राउ

Nepal Business

७ माघ, २०७८

बजारमा १ हजार दरका नक्कली नोट, दुई जना पक्राउ

चितवन । 
प्रहरीले नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३  बस्ने खैरहनी नगरपालिका–३ स्थायी घर भएकी २५ वर्षीया पवित्रा घताने र राप्ती–७ का २७ वर्षीय गगनलाल तामाङ रहेका छन् ।  

घतानीबाट १० थान एक हजारका नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको थियो । 

भरतपुरको बेलचोकमा रहेको एक फेन्सी पसलमा नक्कली नोट दिएर कपडा खरिद गरेपछि कारोबारी पक्राउ परेका हुन् । घतानीबाट १० थान एक हजारका नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको थियो । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्दासम्बन्धी कसूर खोटा मुद्रा मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको  म्याद अनुमति लिएर अनुसन्धान थालिएको छ ।
पक्राउ परेकाबाट नक्कली एक हजारका १० थान नोट, एक–एक थान मोबाइल र ल्यापटप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनिहरुको साथबाट गगनबहादुर तामाङ नामको सौर्य दैनिकको प्रेस कार्डसमेत फेला परेको छ । पत्रिकाले भने उनि आफ्नो कार्मचारी नभएको जनाएको छ । 

रासस