२३ बैशाख, २०८१ आइतबार

07:03:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

९ वटा म्युचुअल फण्ड योजनाले घोषणा गरे लाभांश, कुनको कति ?

३० भदौ, २०७९

९ वटा म्युचुअल फण्ड योजनाले घोषणा गरे लाभांश, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीका २८ म्युचुअल फण्ड सूचीकृत भएका छन् । पछिल्लो समय म्युचुअल फण्डमा लगानीकर्ताको क्रेज बढ्दो छ । म्युचुअल फण्डका लगानीकर्ताले मनग्य लाभांश प्राप्त गरेका गरेका छन् । हालसम्म ९ वटा म्युचुअल फण्ड योजना हरुले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।

हालसम्म लक्ष्मी क्यापिटल, एनएमबि क्यापिटल, सिद्धार्थ क्यापिटल , एनआईबिएल एस क्यापिटल र सनराइज क्यापिटलले संचालन गरेका म्युचुअल फण्डले लाभांश घोषणा गरेका हुन् ।

जसअनुसार लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८।०७९को लागि योजनाको इकाईधनीहरुलाई कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

त्यस्तै  लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत नै सचालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८।०७९को लागि योजनाको इकाईधनीहरुलाई कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८।०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

एनएमबि म्युचुअल फण्ड अन्तर्गत नै संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८।०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  त्यस्तै एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगती फण्डका इकाईधनीहरुलाई  कर सहित ४.२० प्रतिशत, एनआईबिएल सहभागिता फण्डले इकाईधनीहरुलाई कर सहित ७.२० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

त्यस्तै सनराइज क्यापिटल योजना ब्यबस्थापक रहेको सनराइज फर्स्ट म्युचुअल फण्डले ईकाइधनीहरुलाई कर सहित १२ प्रतिशत लाभांश बितरण गर्ने घोषणा गरेको छ  ।