१७ बैशाख, २०८१ सोमबार

09:56:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विश्व बजारमा उकालो लाग्यो कच्चा तेलको मूल्य

Nepal Business

३० भदौ, २०७९

विश्व बजारमा उकालो लाग्यो कच्चा तेलको मूल्य

एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । लगातार घटिरहेको कच्चा तेलको भाउ बिहीबार सुरुवाती कारोबारमा उकालो लागेको हो । 

अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रारम्भिक कारोबारमा ब्रेन्ट कच्चा तेल ३८ सेन्ट बढेर प्रतिब्यारेल ९४.४८ डलर पुगेको छ । अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) ४६ सेन्टले बढेर ८८.९४ डलर प्रतिब्यारेल पुगेको छ ।

विश्वकै ठूलो अर्थतन्त्रमा तेलको आपूर्तिमा आउन सक्ने अवरोध र रेलवे सेवा बन्द हुने डरबीच कच्चा तेलको भाउ उकालो लागेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकामा रेल मजदुरहरुको युनियनले आफ्ना माग पूरा गर्न हड्ताल गर्न सक्ने बताइएको छ । जसका कारण अमेरिकामा कच्चा तेलको आपूर्तिमा बाधा पुग्ने सम्भावना छ । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि त्यसको प्रत्यक्ष असर विश्व बजार सहित नेपालमा पनि पर्नेछ । यससंगै अब पेट्रोलियम पदार्थको मूल्य विश्व बजारमा बढन सक्दछ । सँगै नेपालमा पनि बढछ ।