२३ बैशाख, २०८१ आइतबार

09:54:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेशनल माइक्रोफाइनान्सको १७ हजार ९ सय कित्ता सेयर बिक्रिमा, सर्वसाधारणले पनि किन्न पाउने

३० भदौ, २०७९

नेशनल माइक्रोफाइनान्सको १७ हजार ९ सय कित्ता सेयर बिक्रिमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १७ हजार ९ सय ४३ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयर बिक्री गर्न लागेको संस्थाले जनाएको छ ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

कम्पनीले यसअघि सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेको थियो । सो समयमा संस्थापक सेयरधनीहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको  कम्पनीले जनाएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले असोज ५ गतेभित्र आवश्यक कागजपत्र संकलन गरी कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलको केन्द्रिय कार्यलय लाजिम्पाट काठमाडौंमा निवेदन दिन सक्नेछन् ।