२३ बैशाख, २०८१ आइतबार

10:39:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा ४७.४४ अंकको उछाल, कारोबार पनि बढ्यो

Nepal Business

२९ भदौ, २०७९

सेयर बजारमा ४७.४४ अंकको उछाल, कारोबार पनि बढ्यो

काठमाण्डौं । सेयर बजारमा बुधबार उछाल आएको छ । सेयर बजार आज भारी अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ४७.४४ अंकले बढेर नेप्से परिसूचक १९८१.४८ विन्दुमा बन्द भएको छ । 

सेयर बजारमा आएको उछालसँगै कारोबार पनि बढेको छ । आज कारोबार करोडबाट अर्बमा पुगेको छ। आज एक अर्ब ४५ करोड ३८ लाख २४ हजार ६५० रुपैयाँको कारोबार भएको छ भने ४६ लाख १८ हजार ५१६ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै आज सबै उपसूचकहरुमा हरियाली छाएको छ । कम्पनीहरुमा ग्रिन विकास बैंकमा सकरात्मक सर्किट ब्रेक लागेको छ । लिब्रेटी इनर्जी कम्पनी ८.३२ प्रतिशत, यूनाइटेड मोदी हाइड्रो पावर कम्पनी ७.८१ प्रतिशत र सामुदायिक लघुवित्त वित्तीय संस्था ७.८० प्रतिशत बढेका छन् ।