२३ बैशाख, २०८१ आइतबार

12:04:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हरियाली छाएको सेयर बजारमा बुधबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

२९ भदौ, २०७९

हरियाली छाएको सेयर बजारमा बुधबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार बढेको छ । निरन्तरको ओरालो लागेको सेयर बजारमा मंगलबादेखि भने हरियाली छाएको हो । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.४४ अकंले बढेर १९८१.४८ बिन्दुमा बन्द भएको छ ।

यस दिन २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा सकारात्मक सुधार देखिदा बुधबार नबिल बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ६ करोड ५१ लाख ६९ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, गोर्खाज फाइनान्सको ४ करोड ५७ लाख, हिमालय एभरेष्ट इन्स्योरेन्सको ४ करोड ३४ लाख, अपि पावगरको ४ करोड २९ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।