१६ चैत, २०८० शुक्रबार

12:25:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

७ बीमा कम्पनीले सार्वजनिक गरे बोनसदर, कुनको कति ?

२९ भदौ, २०७९

७ बीमा कम्पनीले सार्वजनिक गरे बोनसदर, कुनको कति ?

काठमाडौं । संचालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये ७ वटा कम्पनीले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात यी कम्पनीहरूले बीमितलाई दिने बोनसदर सार्वजनिक गरेका हुन् ।

१) सूर्या लाइफ इन्स्योरेन्स

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले बीमितलाई आर्थिक वर्ष २०७७/७८ मा प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर दिने भएको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तुलनामा बोनस दर बढाएको छ । आर्थिक बर्ष २०७६/०७७ मा इन्स्योरेन्सले प्रतिहजार न्यूनतम ३८ रूपैयाँ र अधिकतम ७२ रूपैयाँ बोनसदर कायम गरेको थियो ।

२) ज्योति लाइफ इन्स्योरेन्स

ज्योति लाइफ इन्स्योरेन्सले बीमितलाई आर्थिक बर्ष २०७७/०७८ मा प्रतिहजार न्यूनतम २० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँ बोनसदर दिने भएको छ । ज्योति लाइफले सार्वजनिक गरेको बोनसदर अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७/।७७ मा बीमितलाई न्यूनतम प्रतिहजार ४३ रूपैयाँ र अधिकतममा ७५ रूपैयाँ बोनसदर दिएको थियो ।

३) एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्सले बीमितलाई आर्थिक वर्ष २०७७/७८ मा प्रतिहजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनसदर दिने भएको छ । कम्पनीले सार्वजनिक गरेको बोनसदर अघिल्लो आर्थिक बर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा बोनसदर बढाएको छ ।

कम्पनीले नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म दिने भएको छ । कम्पनीले अघिल्लो वर्ष बीमितलाई न्यूनतम ३२ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनस दिएको थियो ।

४) मेट लाइफ इन्स्योरेन्स

मेट लाइफ इन्स्योरेन्सले बीमितलाई आर्थिक वर्ष २०७७/०७८ मा  प्रतिहजार न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनसदर कायम गरेको छ । मेट लाइफले अघिल्लो आवको तुलनामा बोनसदरलाई स्थिर राख्न सफल भएको हो । आर्थिक बर्ष २०७६/७७ मा मेट लाइफले प्रतिहजार न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँ बोनसदर कायम गरेको थियो ।

५) नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ मा प्रतिहजार न्यूनतम ५६ रूपैयाँ र अधिकतम ८२ रूपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले २०७८ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरूमा कायम हुने गरी बोनसदर निर्धारण गरेको हो ।
इन्स्योरेन्सले आर्थिक बर्ष २०७६/०७७ मा पनि प्रतिहजार न्यूनतम ५६ रूपैयाँ र अधिकतम ८२ रूपैयाँ बोनसदर दिएको थियो ।

६) नेशनल लाइफ इन्स्योरेन्स

नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ का बीमितलाई बीमाअवधिअनुसार प्रतिहजार न्यूनतम ६३ रूपैयाँदेखि अधिकतम ८५ रूपैयाँसम्म बोनसदर दिने घोषणा गरेको छ ।

यस इन्स्योरेन्सले पनि आर्थिक बर्ष २०७६/७७ को तुलनामा बीमितलाइ दिने बोनसदर स्थिर राख्न सफल भएको हो । नेशनलले आर्थिक बर्ष २०७६/०७७ मा बीमितलाई प्रतिहजार न्यूनतम ६३ रूपैयाँ र अधिकतम ८५ रूपैयाँ नै बोनसदर दिएको थियो ।

७) आइएमई लाइफको इन्स्योरेन्सले

आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ मा बीमितलाई प्रतिहजार न्यूनतम २० रूपैयाँ र अधिकतम ७० रूपैयाँसम्म बोनसदर दिने भएको छ । इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा बीमितलाई दिने बोनसदर स्थिर राख्न सफल भएको हो ।

आर्थिक बर्ष २०७६/७७ मा इन्स्योरेन्सले प्रतिहजार न्यूनतम २० रूपैयाँ र अधिकतम ७० रूपैयाँ बोनसदर दिएको थियो ।