१७ बैशाख, २०८१ सोमबार

08:02:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रसुवागढी हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

२९ भदौ, २०७९

रसुवागढी हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले असार १३ गतेदेखि साउन ३१ गतेसम्म आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन तथा बिक्रि खुल्ला गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको हो । उक्त आईपीओ बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यलयमा भदौ २८ गते मंगलबार बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६८ लाख ४२ हजार १०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं १ थुमन र वडा नं २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं। ४ गोल्जुङ र वडा नं। ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरु वडा नं ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुमा बाँडफाँड गरेको हो ।

उक्त कम्पनीको आईपीओ नतिजा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट www.siddarthacapital.com, सह-निष्कासन तथा बिक्री प्रबन्धकहरूको वेभसाइट www.niblcapital.com, www.globalimecapital.com र www.sunrisecapital.com.np अथवा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित website: iporesult.cdsc.com.np बाट बाट समेत हेर्न सकिने छ ।