१७ बैशाख, २०८१ सोमबार

09:32:08 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इन्धन ढुवानी व्यवसायीले असोजदेखि देशभर लोडअनलोड नगर्ने, यस्तो छ कारण

Nepal Business

२८ भदौ, २०७९

सरकारले असोज १ देखि दसैंका लागि लामो दूरीमा सार्वजनिक यातायातको टिकट बुकिङ खुला गरेको छ । यस्तो बेला व्यवसायीले गरेको अबरोधले इन्धनको अभाव भई सर्वसाधारणलाई मार पर्न सक्ने छ ।

इन्धन ढुवानी व्यवसायीले असोजदेखि देशभर लोडअनलोड नगर्ने, यस्तो छ कारण

काठमाडौँ

पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भाडा बढाउनुपर्ने माग गर्दै ३ दिनदेखि भारतबाट पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेको छ । 

व्यवसायीले आइतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्न प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) लिएका छैनन् । बुधबारदेखि भने अमलेखगन्ज डिपोबाट अन्यन्त्र डिपोमा जाने पेट्रोलियम पदार्थको लोड पनि नगर्ने भएका छन् । यसले पाइपलाइनमार्फत आएको डिजेल समेत डिपोमा नजाने भएको छ । 

मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले भनेको छ ‘हालको कार्यक्रमलाई यथावत राख्दै असोज १ गतेबाट राज्यभरका सबै डिपोहरुमा लोडअनलोड नगर्ने पूर्ववत् निर्णय भएको जानकारी गराउँछौं ।’ 

ढुवानीबापत आयल निगमले आफूहरुलाई दिँदै आएको भाडा बढाउनुपर्ने माग गर्दै व्यवसायी विरोधमा उत्रिएका हुन् ।

सरकारले असोज १ देखि दसैंका लागि लामो दूरीमा सार्वजनिक यातायातको टिकट बुकिङ खुला गरेको छ । यस्तो बेला व्यवसायीले गरेको अबरोधले इन्धनको अभाव भई सर्वसाधारणलाई मार पर्न सक्ने छ ।

०७७ मंसिर १५ मा सरकारले जारी गरेको राजपत्रमा २५ वटा क्षेत्रमध्ये एलपी ग्याससहित पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवालाई अत्यावश्यक वस्तुको सूचीमा राखिएको छ ।