२३ बैशाख, २०८१ आइतबार

04:26:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा हरियाली, २१.३० अंकले बढ्यो

Nepal Business

२८ भदौ, २०७९

सेयर बजारमा हरियाली, २१.३० अंकले बढ्यो

काठमाण्डौं । लगातार दुई दिन ओरालो लागेको सेयर बजार मंगलबार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार दोहोरो अंकले बढेको छ । 

नेप्सेका अनुसार सेयर बजार २१.३० अंकले बढेर नेप्से परिसूचक १९३४.०४ विन्दुमा बन्द भएको छ । 

सेयर बजार बढ्दा कारोबार पनि बढेको छ । आज ९२ करोड २५ लाख ७४ हजार ४१० रुपैयाँको कारोबार भएको छ भने ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै आज सबै उपसूचकमा हरियाली छाएको छ । कम्पनीहरुमा बोटलर्स नेपालमा सकरात्मक सर्किट ब्रेक लागेको छ । 

यस्तै मैलुङ खोला जलविद्युत कम्पनी ७.७६ प्रतिशत, सानिमा लार्ज क्याप फण्ड ६.६७ प्रतिशत र यूनिभर्सल पावर कम्पनी ४.६७ प्रतिशतले बढेका छन् ।