८ जेठ, २०८१ मंगलबार

11:36:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अनलाइनबाटै बस्थ्यो जुवाको खाल : जहाँ मासिक एक लाख डलरको हारजित हुन्थ्यो

६ माघ, २०७८

यसरी फन्दामा परे १२ गिरोह...

अनलाइनबाटै बस्थ्यो जुवाको खाल : जहाँ मासिक एक लाख डलरको हारजित हुन्थ्यो

नेपाल विजनेश समाचारदाता
काठमाडौँ, ६ माघ । अनलाईन ठगीका घटनाहरु हामीले सुन्दै आएका छौँ । यस्ता घटनामा धेरै विदेशी नागरिक संलग्न हुन्थ्ये । उनीहरुले बाहिरबाट नेपालीलाई परिचालन गरेर ठगी गरेका हुन्थे । यसो गर्दा ठुलो नेपाली धनराशी विदेशमा जान्थ्यो । 

नेपालमा यस्ता गिरोह पनि छन्, जसले नेपालमा बसेर गैरकानूनी रुपमा विदेशी डलर झार्ने गर्छन् । अनलाइनबाटै जुवाको खाल बस्थ्यो । खालमा विदेशीसमेत सहभागी हुन्थे ।

तर नेपालमा यस्ता गिरोह पनि छन्, जसले नेपालमा बसेर गैरकानूनी रुपमा विदेशी डलर झार्ने गर्छन् । अनलाइनबाटै जुवाको खाल बस्थ्यो । जुवाका खालमा विदेशीसमेत सहभागी हुन्थे । विशेष सूचनाको आधारमा प्रहरीले एक गिरोह पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । 

काठमाडौँको कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा सम्पत्ति हारजित हुने गरी अनलाइनमार्फत जुवा खेलाउदै गरेका थिए उनीहरुले । विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशखाबाट खटिएको टोलीले कीर्तिपुरनगरपालिका ६ चोभारमा अनलाइनबाट जुवा खेलाइरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर ६ चोभार बस्ने सुजेन्द्र थापा सोही ठाउँका मनिश थापा, समिर  थापा, कविता थापा, रविन खड्का, बुद्ध महर्जन, रोजा महर्जन साहिल महर्जन, हनिशा महर्जन, प्रदिपमान सिंह बस्नेत, रमादेवि श्रेष्ठ रहेका छन् 

यसरी पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर ६ चोभार बस्ने सुजेन्द्र थापा सोही ठाउँका मनिश थापा, समिर  थापा, कविता थापा, रविन खड्का, बुद्ध महर्जन, रोजा महर्जन साहिल महर्जन, हनिशा महर्जन, प्रदिपमान सिंह बस्नेत, रमादेवि श्रेष्ठ रहेका छन् । प्रहरीले उनीहरुले प्रयोग गर्ने १७ थान मोबाइल, १४ थान ल्यापटप, राउटरलगायतका सामग्री बरामद गरेको छ ।

उनीहरुलाई कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको छ । उनीहरुमध्य सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्द महर्जनले आवश्यक परिपञ्च मिलाइ ३ घरमा २४सै घण्टा अनलाइनमार्फत जुवा खेलाउनका लागि कर्मचारीसमेत राखेको फेला परेको छ । 

त्यसरी खटिएका कर्मचारीले फेसबुकमार्फत अमेरिकन तथा युरोपियन नागरिकलाई साथी बनाइ विभिन्न खेलमा अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको धनरासीसमेत पुरस्कारको रुपमा दिने गरेको पाइएको छ ।

उनीहरले यो काम करिब १० महिना अगाडीदेखि थालेका थिए । टोलीले महिनाको करिब १ लाख अमेरिकी डलरभन्दा बढी रकम हारजित हुने गरी अनलाइन जुवा खेलाउने गरेको पाइएको छ ।