२३ बैशाख, २०८१ आइतबार

01:58:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा हरियाली छाउँदा मंगलबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

२८ भदौ, २०७९

सेयर बजारमा हरियाली छाउँदा मंगलबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । लामो समययता लगातार घटेको सेयर बजारमा मंगलबार बढ्न पुगेको छ । सेयर बजार बढेसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । उनिहरुमा अब बजार लयमा फर्किने आशा जागेको छ । नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) मंगलबार २१.३० अकंले बढेर १९३४.०४ बिन्दुमा बन्द भएको छ । यस दिन सूचीकृत २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर किनबेच हुदाँ ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँको काराबोर भएकोहो ।

सो रकम बराबरको कारोबार हुँदा मंगलबार नबिल बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर यस दिन ५ करोड ९४ लाख ८९ हजार रुपैयाँ कारोबार भएको हो ।

त्यस्तै, रिडी हाइड्रोपावरको ५ करोड ६३ लाख, हिमायलन एभरेष्ट इन्स्योरेन्सको ३ करोड ८४ लाख, अरुण काबेली पावरको ३ करोड ७३ लाख र अपि पावर कम्पनीको २ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।