२३ बैशाख, २०८१ आइतबार

08:30:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२८ भदौ, २०७९

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । विभिन्न २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज (भदौ २८ गते, मंगलबार) अन्तिम दिन रहेको छ । सनराइज फर्स्ट म्युचुअल फण्ड र एनआईबिएल प्रगति फण्डको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो ।

यी दुवै फण्डले लाभांश वितरण गर्ने प्रयोजनका लागि भदौ २९ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेका छन्  । त्यसैले, आज (भदौ २८ गते, मंगलबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने ईकाईधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई करसहित १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

एनआईबिएल एस क्यापिटल लिमिटेडको बैठकले एनआईबिएल प्रगति फण्डका इकाईधनीहरूलाई आर्थिक वर्ष २०७८। ७९ को मुनाफाबाट करसहित ४.२० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।