२७ बैशाख, २०८१ बिहिबार

03:05:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कति पाउला श्रृजनशील लघुवित्तको आईपीओले ओपनिङ रेञ्ज ?

२८ भदौ, २०७९

कति पाउला श्रृजनशील लघुवित्तको आईपीओले ओपनिङ रेञ्ज ?

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको कौतुहलताको विषय बनेको छ ।

कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बन्ने गर्दछ । आफुलाई परेको आईपीओले दोस्रो बजारमा कारोबारका लागि कति रेञ्ज पाउला भनेर जिज्ञाशा हुनु स्वभाविक पनि हो । अहिले यस्तै चासोको बिषयमा रहको छ श्रृजनशील लघुवित्त ।

नेप्सेले कम्पनीलाईे पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम ३ सय २ रूपैयाँदेखि अधिकतम ९ सय ६ रूपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीको आर्थिक वर्ष २०७७।७८ को प्रतिसेयर नेटवर्थ ३ सय २ रूपैयाँ  रहेको छ । सोही नेटवर्थको ३ गुणा ९ सय ६ रूपैयाँ हुन्छ ।