२५ बैशाख, २०८१ मंगलबार

07:24:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आईपीओ निष्काशनको तयारीमा रहेको हिमालयन रि को कस्तो छ वित्तीय अवस्था ?

२८ भदौ, २०७९

आईपीओ निष्काशनको तयारीमा रहेको हिमालयन रि को कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको अन्तिम चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार यो त्रैमाससम्म आइपुग्दा कम्पनीले २७ करोड ८२ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीले १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

यो अवधिमा कम्पनीले ७७ करोड १७ लाख ९५ हजार रुपैयाँ खुद बिमा शुल्क बापत आम्दानी गरेको छ भने ३ करोड ३७ लाख ३९ हजार रुपैयाँ दाबि भुक्तानि गरिसकेको छ ।

हाल यस रिइन्सुरेन्सको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा १२ करोड ५१ लाख ८९ हजार रुपैयाँ रहेको छ । असार मसान्तसम्ममा कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ५ अर्ब २४ करोड ५४ लाख रुपैयाँ रहेको छ । अल्पकालिन लगानी तथा कर्जा भने २ अर्ब ३० करोड ८४ लाख रुपैयाँ रहेको छ ।

हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड सर्वसाधारणका लागि  प्रिमियममा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा रहेको छ ।