२६ बैशाख, २०८१ बुधबार

12:24:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सूर्या लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो नयाँ बोनसदर, बीमितले अधिकतम ९० रुपैयाँसम्म बोनस पाउने

२८ भदौ, २०७९

सूर्या लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो नयाँ बोनसदर, बीमितले अधिकतम ९० रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट भदौ २२ गते स्वीकृत गरी भएसँगै नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले २०७८ असार मसान्तसम्ममा जारी भएका नाफामा सरिक हुने बीमालेखहरूमा कायम हुने गरी बोनसदर निर्धारण गरेको हो । कम्पनीकाअनुसार सूर्या लाइफ इन्स्योरेन्सले बीमितहरुलाई प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

इन्स्योरेन्स कम्पनीले सावधिक जीवन बीमाअन्तर्गत न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस निर्धारण गरेको छ । जसमा ९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५४ रुपैयाँ, २५ देखि २९ वर्षसम्मका लागि ६० रुपैयाँ र ३० भन्दा माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत बीमितहरुलाई न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनस दिने भएको छ । कम्पनीले ९ वर्ष अवधिका लागि ४० रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ४६ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५६ रुपैयाँ, २५ देखि २९ वर्षसम्मका लागि ६० रुपैयाँ र ३० वर्षभन्दा माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

सूर्या लाइफ इन्स्योरेन्सले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखअन्तर्गत बीमितहरुलाई प्रतिहजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले १० देखि १४ वर्षका लागि र १५ देखि १९ वर्षका लागि ४२ रुपैयाका दरले र २० देखि २४ वर्षसम्मका लागि ५२ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिका लागि ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

चौरासी पुजा अग्रिम नियमित भुक्तानी अन्तर्गत सूर्या लाइफ इन्स्योरेन्सले १० देखि १४ वर्ष अवधिका लागि ४५ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

चौरासी पुजा अग्रिम एकल भुक्तानी अन्तर्गत कम्पनीले न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोसदर निर्धारण गरेको छ । कम्पनीले यस बीमालेखअन्तर्गत बीमितहरुलाई १० देखि १४ वर्ष अवधिका लागि ७५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ८० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ८५ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिका लागि ९० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जानकारी दिएको छ ।