२७ बैशाख, २०८१ बिहिबार

08:08:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यस्तो छ नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिन संशोधन गरिएको नियमावली (पूर्णपाठसहित )

२८ भदौ, २०७९

यस्तो छ नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिन संशोधन गरिएको नियमावली (पूर्णपाठसहित )

काठमाडौं । नेपाल धितोपत्र बोर्डले  धितोपत्र बजार संचालन नियमावलीमा भएको संशोधन सार्वजनिक गरेको छ । नेपाल सरकारले स्वीकृत गरेको धितोपत्र बजार संचालन (दोस्रो संशोधन) नियमावली २०७९ धितोपत्र बोर्डले सार्वजनिक गरेको हो ।  

बोर्डले धितोपत्र ऐन २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी सरकारको स्वीकृति लिएर नियमावली सार्वजनिक गरेको हो । नियमावली अनुसार नयाँ स्टक एक्सचेञ्जको चुक्ता पूँजी न्युनतम ३ अर्ब रुपैयाँ हुनुपर्नेछ । तर नेपाल स्टक एक्सचेञ्जको लागि भने लागू नहुने नियमावलीमा उल्लेख छ ।  त्यस्तै नयाँ स्टक एक्सचेन्जले २ वर्षभित्र ३० प्रतिशत रकम आईपिओ निष्काशन गर्नु पर्ने छ । तर नेप्सेलाई भने आईपिओ निष्काशन गर्नु पर्ने छैन ।  

नेपाल बाहेक अन्य मुलुकमा पनि धितोपत्र बजार सञ्चालन गरिरहेको कम्पनी वा संगठित संस्थाले पनि लगानी गर्न सकिने व्यवस्था छ । त्यसको लागि १० वर्षदेखि धितोपत्र बजार सञ्चालन गरिरहेको तथा प्रचलित कानून बमोजिम नेपालमा लगानी वा व्यवसाय गर्न अनुमति पाएको कम्पनी वा संगठित संस्थाले हुनु पर्नेछ ।

नयाँ स्टक एक्सचेन्जले धितोपत्र कारोवारको लागि कारोवार प्रणाली र सो संग सम्वन्धित अन्य प्रविधि खरिद वा जडान गर्दा त्यस्तो कारोवार प्रणाली तथा प्रविधि नेपाल बाहेक अन्य मुलुकमा न्यूनतम दश वर्षदेखि निरन्तर संचालनमा रहेको कम्तीमा तीन वटा धितोपत्र बजार सञ्चालनले प्रयोग गरेको प्रणाली वा प्रविधि प्रयोग गर्नु पर्ने छ ।