२६ बैशाख, २०८१ बुधबार

08:49:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वैदेशिक रोजगारीमा गएका सबैले आईपीओमा आरक्षण नपाउने, क- कसले पाँउछ ?

२८ भदौ, २०७९

वैदेशिक रोजगारीमा गएका सबैले आईपीओमा आरक्षण नपाउने, क- कसले पाँउछ ?

काठमाडौं । वैदेशिक रोजगारीमा गएका सबै नेपालीहरुले नेपालमा निष्काशन हुने प्राथमिक सेयर (आईपीओ) मा आरक्षण नपाउने भएका छन् । नेपालबाट श्रमस्विकृती लिएर गएका नेपाली श्रमिकहरुले मात्र आईपीओमा आरक्षण पाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्काशन (छैठौं संशोधन) नियमावली २०७९’  जारी गर्दै उक्त व्यवस्था लागु गरेको हो । नेपाल सरकारले चालु आर्थिक बर्षको बजेटमा समेत वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण दिने घोषणा गरेको थियो ।  

बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ९ लाई संसोधन गरी नियम ९ को उपनियम ६(क) मा संगठित संस्थाले सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती गरी विदेशमा राजगारीमा रहेका नेपालीमा लागि छुट्ट्याई बाँडफाँड गर्नुपर्ने छ भन्ने व्यबस्था गरिएको छ ।

 आईपीओमा आवेदन दिँदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण बचत खाता मार्फत मात्रै भुक्तानी गर्नु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका युवालाई छुट्याईएको सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारण समूहमा थप जारी गर्नुपर्ने व्यवस्था रहेको छ ।