१७ बैशाख, २०८१ सोमबार

12:41:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

त्रिशूली थ्री बीको थप शेयरबापतको रकम आगामी असोजदेखि सङ्कलन गरिने

Nepal Business

२७ भदौ, २०७९

साविकका सर्वसाधारण शेयरधनीबाट अङ्कित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी रु ९० को दरले रु ३३ करोड ३४ लाख ५० हजार सङ्कलन गरिने कम्पनीका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले बताउनुभयो ।

त्रिशूली थ्री बीको थप शेयरबापतको रकम आगामी असोजदेखि सङ्कलन गरिने

काठमाडौँ, 
रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको शेयरबापतको बाँकी रकम आगामी ४ असोजबाट सङ्कलन गर्ने भएको छ । 

'जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) शेयर निष्कासन गरी प्रतिसेयर रु एक सय अङ्कित मूल्यको न्यूनतम १० प्रतिशतले हुने रु १० मात्र सङ्कलन गरेको थियो । 

रकम बुझाउने अन्तिम मिति आगामी १७ कात्तिकसम्मका लागि तोकिएको छ ।

'जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) शेयर निष्कासन गरी प्रतिसेयर रु एक सय अङ्कित मूल्यको न्यूनतम १० प्रतिशतले हुने रु १० मात्र सङ्कलन गरेको थियो । 

कम्पनीको शेयर बाँडफाँटमा शेयर पाई प्रतिकित्ता रु १० बुझाएका जम्मा रु एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण शेयरधनीले प्रतिकित्ता बाँकी रु ९० बुझाउनुपर्नेछ ।

साविकका सर्वसाधारण शेयरधनीबाट अङ्कित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी रु ९० को दरले रु ३३ करोड ३४ लाख ५० हजार सङ्कलन गरिने कम्पनीका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले बताउनुभयो ।

 रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक आठ प्रतिशत ब्याज दिनुपर्ने प्रावधानबमोजिम शेयरधनीले प्रतिकित्ता रु तीन ब्याज प्राप्त गर्ने हुँदा हाल प्रतिकित्ता रु ८७ मात्र जम्मा गरे हुनेछ ।