६ बैशाख, २०८२ शनिबार
09:50:31 AM
६ माघ, २०७८
काठमाण्डौं
साताको अन्तिम दिन (बिहीबार) सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार र बुधबार घटेको बजार बिहीबार बढ्न पुगेको हो ।
दुई दिनको प्रोफिट बुकिङपछि बिहीबारबाट सेयर बजार पुनः आफ्नो लयमा फर्केको छ । तुलनात्मक रुपमा पहिलेको तुलनामा तरलताको पनि केही हदसम्म व्यवस्थापन हुँदैजाँदा नेप्सेले गति लिन थालेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३२.९६ अंकले बढेर २९३१.२६ विन्दुमा पुगेको छ । नेप्से १.१४ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.७६ अंकले बढेर ५४३.७४ विन्दुमा पुगेको छ ।
कूल २ सय २९ वटा कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४ सय ९ रूपैयाँ १८ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।