२७ बैशाख, २०८१ बिहिबार

06:02:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा १३.५९ अंकको गिरावट, कारोबार कति ?

Nepal Business

२७ भदौ, २०७९

सेयर बजारमा १३.५९ अंकको गिरावट, कारोबार कति ?

काठमाण्डौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।

नेप्सेका अनुसार सेयर बजार १३.५९ अंकले घटेर नेप्से परिसूचक १९१२.६९ विन्दुमा बन्द भएको छ । 

सेयर बजार घट्दा कारोबारमा केहि सुधार आएको छ । आज ८३ करोड १६ लाख तीन हजार ६५१ रुपैयाँको कारोबार भएको छ भने २६ लाख १३ हजार ५४० कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै म्युचल फण्ड बाहेक सबै उपसूचकहरु राताम्मे छन् । कम्पनीहरुमा युनाइटेड आइडीआई आरबी हाइड्रोपावर लिमिटेड ४.१७ प्रतिशत, १० प्रतिशत सनराईज डिभेञ्चर र बोट्लर्स नेपाल २ प्रतिशतले बढेका छन् ।