२७ बैशाख, २०८१ बिहिबार

03:13:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

८३ करोडको कारोबार हुँदा सोमबार नबिल बैंकसहित यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

२७ भदौ, २०७९

८३ करोडको कारोबार हुँदा सोमबार नबिल बैंकसहित यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो कारोबारको दिन अर्थात आइतबार ११.४७ अंकले घटेको नेप्से सूचक सोमबार १३.५९ अंकले घटेर एक हजार ९ सय १२ दशमलब ६९ विन्दुमा बन्द भएको छ ।

प्रि–ओपनिङ सेसनमा सामान्य अंकले नेप्से सूचक बढेपनि कारोबार बन्द हुँदासम्म घट्न पुगेको हो । सेयर बजार घटेपनि सोमबार कारोबार रकममा भने सामान्य सुधार आएको छ । यस दिन ८३ करोड १६ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइबार ७४ करोडको मात्रै कारोबार भएको थियो ।

सो रकम बराबरको कारोबार हुँदा सोमबार नबिल बैंकको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको यस दिन ४ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको हो । त्यस्तै, रिडी हाइड्रोपावरको २ करोड ७९ लाख, हिमालयन डिस्टिलरीको २ करोड ५६ लाख, अपि पावरको २ करोड २७ लाख र नेपाल पुनर्बीमा कम्पनीको २ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ ।