२३ बैशाख, २०८१ आइतबार

06:15:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मर्जर प्रस्ताव पारित गर्न सानिमा जनरल र जनरल इन्स्योरेन्सले आह्वान गरे विशेष साधारणसभा

२७ भदौ, २०७९

मर्जर प्रस्ताव पारित गर्न सानिमा जनरल र जनरल इन्स्योरेन्सले आह्वान गरे विशेष साधारणसभा

काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेका छन्। दुवै कम्पनीले असोज ११ गते विशेष सभा आह्वान गरेका हुन् ।

सानिमा जनरल इन्स्योरेन्सले चण्डोल स्थित कुण्डलिनी दरबार ब्यान्क्वेटमा सभा आह्वान गरेको हो भने जनरल इन्स्योरेन्सले डिल्लीबजार स्थित अमृतभोगमा सभा आह्वान गरेको हो ।  दुवै सस्थाको विशेष साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ । मर्जरपछि कम्पनीको नाम ‘सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड’ राख्ने विशेष प्रस्ताव पारित गर्नेछ।  दुवै कम्पनीले १ः१ को स्वापमा मर्जमा जान लागेका हुन् ।

सोही सभाले मर्जरपश्चात संस्थापक तथा सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५१ः४९ कायम गर्न प्रस्ताव पारित गर्नेछ।  साथै मर्जर समबन्धि बाँकि कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्ने छ ।

यी दुई कम्पनीले असार २९ गते मर्जमा जाने सम्झौता गरेका थिए । मर्जर सम्झौता गरेसँगै यी दुवै कम्पनीको सेयर कारोबार रोक्का छ । विशेष साधारणसभा प्रयोजनार्थ दुवै कम्पनीले असोज ६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ असोज ६ गतेअघि कायम सेयरधनीहरुले मात्रै यी दुवै कम्पनीको सभामा सहभागि हुन पाउनेछन् ।

हाल सानिमा र जनरल इन्स्योरेन्सको चुक्तापुँजी १।१ अर्ब रुपैयाँ रहेको छ। मर्जरपछि कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ पुग्नेछ।