२७ बैशाख, २०८१ बिहिबार

05:46:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

२७ भदौ, २०७९

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज (सोमबार) बाँडफाँड सम्मन्न भएको छ। धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कमलपोखरीस्थित कार्यालयमा श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड गरिएको हो । आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो।

लघुवित्तले भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणहरुका लागि आईपीओ बिक्री गरेको थियो। लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा ५ प्रतिशतले हुन आउने १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार ४७० कित्ता कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए।

कम्पनीको आईपीओमा १८ लाख ३८ हजार ७५१ आवेदकले कुल १ करोड ९९ लाख ७२ हजार ६८० कित्ताका लागि आवेदन दिएका छन्। जसमा १८ लाख ३७ हजार ४३६ आवेदकबाट माग भएको १ करोड ९९ लाख ५७ हजार ६१० कित्ता सदर भएको छ भने १ हजार ३१५ आवेदकबाट परेको १५ हजार ७० कित्ता बदर भएको छ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ३६ हजार ८५९ जनाले मात्र १० कित्ताका दरले सेयर पाएका छन्। यो हिसाबले साढे १८ लाख ५७७ आवेदकको हात खाली भएको छ।

कम्पनीको आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ।  नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट www.sunrisecapital.com.np, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र श्रीजनशील लघुवित्त कम्पनीको वेबसाइट www.shrijanshil.org/en बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।