१२ बैशाख, २०८१ बुधबार

01:14:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अल्मुताइरीले दिए नेपाली टोलीको प्रशिक्षकबाट राजीनामा

२६ भदौ, २०७९

अल्मुताइरीले दिए नेपाली टोलीको प्रशिक्षकबाट राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकबाट अलग्गिएको घोषणा गर्नुभएको हो ।

गत कात्तिकमा उहाँले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गर्नुभएको थियो । तर १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि उहाँ आलोचनामा पर्नुभएको थियो । खेलाडीसँगको विवादका कारण एक्लिनुभएका अल्मुताइरी पछिल्लो समय बिदामा बस्नुभएको थियो ।