१२ बैशाख, २०८१ बुधबार

06:28:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अब घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य, इजाजतपत्र नलिई काम गरे १० लाख जरिवाना !

२६ भदौ, २०७९

अब घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य, इजाजतपत्र नलिई काम गरे १० लाख जरिवाना !

काठमाडौं । अब घरजग्गा कारोबार गर्नका लागि लाइसेन्स अनिवार्य लिनुपर्ने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा मालपोत ऐन, २०३४ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरिएको छ ।

घरजग्गा कारोबार अस्वभाविक हुँदा भूमीको मूल्य पनि अस्वभाविक रुपमा बढिरहेको भन्दै सरकारले बजेटमार्फत नै घरजग्गा कारोबारमा थप कडाई गर्ने नीति घोषणा गरेको थियो ।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयकमा उल्लेख भए अनुसार अब घरजग्गा कारोबार गर्दा राजपत्रमा सूचना प्रकाशित गरी तोकेको क्षेत्रमा सोही सूचनामा उल्लेख भएको क्षेत्रफल वा सीमाभन्दा बढीको घरजग्गा कारोबार गर्दा मालपोत ऐन बमोजिम इजाजत लिनुपर्ने छ ।

कुनै शुल्क लिएर वा नलिएर कसैको घर वा जग्गा खरिद वा बिक्री गर्न सहयोग गर्ने, घरजग्गा खरिद वा बिक्रीको परामर्श दिने वा त्यस सम्बन्धि कुनै पनि किसिमको सेवालाई घरजग्गा कारोबारीको परिभाषाभित्र राखिएको छ ।

प्रतिनिधि सभामा पेश भएको विधेयक दुवै सदनबाट पारित भई राष्ट्रपतिले प्रमाणिकरण गरेपछि लागू हुनेछ । तर, कोही कसैले इजाजतपत्र नलिई घरजग्गा कारोबारको काम गरेको पाइएमा १० लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था पनि विधेयकमा उल्लेख गरिएको छ ।