२६ बैशाख, २०८१ बुधबार

12:38:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

७४ करोडको मात्रै कारोबार हुँदा आइतबार यी कम्पनीको भयो सर्वाधिक किनबेच

२६ भदौ, २०७९

७४ करोडको मात्रै कारोबार हुँदा आइतबार यी कम्पनीको भयो सर्वाधिक किनबेच

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.४७ अकंले घटेर १९२६.२८ बिन्दुमा बन्द भएको छ ।

सेयर बजार घटेसँगै आइतबार कारोबार पनि घटेको छ । आज सूचीकृत २२१ कम्पनीको २५ लाख २४ हजार २२४ कित्ता सेयर किनबेच हुदाँ ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको मात्रै कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर सर्वाधिक खरिदबिक्री भएको छ ।कम्पनीको आज ३ करोड ९५ लाख रुपैयाँबढीको सेयर किनबेच भएको छ ।

त्यस्तै, नबिल बैंकको ३ करोड १७ लाख, रिडी हाइड्रोपावरको २ करोड ७५ लाख, अपि पावराके २करोड २२ लाख र एनटिसीको २ करोड ५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।