८ मंसिर, २०८१ शनिबार
04:03:30 PM
६ माघ, २०७८
काठमाण्डौं
केशव आचार्य
नेपालमा मौद्रिक व्यवस्थापनको लागि वि.सं २०१३ वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भयो । राष्ट्र बैंकले आफ्नो स्थापनाको दुई वर्ष पछि वि.सं २०१६ फागुन ०७ गतेबाट मौद्रिक व्यवस्थापनको जिम्मेवारी लियो । तर हालसम्म पनि आफ्नै स्रोतसाधन नभएकोले बैंकले ग्लोबल टेण्डर मार्फत विदेशमा पैसा छपाउँदै आएको छ ।
५०० को छपाई खर्च ४ रुपैयाँ ६८ पैसा र रु १००० को छपाई खर्च ३ रुपैयाँ ३७ पैसा लागेको छ
नेपाल राष्ट्र बैंकलाई ग्लोबल टेण्डरबाट नोट छपाई नेपाल ल्याइपु¥याउन १ वर्षको समयावधि लाग्दछ । सरकारको न्यूनतम नोट छपाई खर्च १ रुपैयाँ ६८ पैसादेखि ४ रुपैयाँ ६८ पैसासम्म लाग्दछ । यस वर्ष रु ५ को नोट छपाई खर्च १ रुपैयाँ ६८ पैसा, रु १० को छपाई खर्च १ रुपैयाँ ४० पैसा, रु २० को छपाई खर्च १ रुपैयाँ ६३ पैसा, रु ५० को छपाई खर्च २ रुपैयाँ ६७ पैसा, रु १०० को छपाई खर्च २ रुपैयाँ ९९ पैसा, रु ५०० को छपाई खर्च ४ रुपैयाँ ६८ पैसा र रु १००० को छपाई खर्च ३ रुपैयाँ ३७ पैसा लागेको छ । थप सुरक्षण विशेषताका कारण रु १००० को नोटमा भन्दा रु ५०० को नोटको छपाई खर्च बढि देखिन्छ ।
ठूलो परिमाणमा नोट छपाई गर्दा छपाई खर्च कम लाग्दछ । तर देश भुपरिवेष्टित भएकोले भारतको कलकत्तादेखि नेपालसम्म ल्याइपु¥याउन नेपाललाई थप १५ पैसा देखि २० पैसा प्रतिनोटमा बढि खर्च लाग्दछ । नोट छपाई गर्न टेण्डर पाउने देश र जुन जुन देशको सीमाना हुदै नेपाल आइपुग्नु पर्ने हो तीनै देशले नोटको सुरक्षा दिने काम गर्दछन । यि नोटहरु राष्ट्र बैंकको ढुकुटीमा आएर दर्ता नभएसम्म नोट बजारमा चल्दैन । यसको मूल्य खोष्टा बराबर नै हुन्छ ।
नेपाल सरकारले ११ दरका नोट चलन चल्तीमा ल्याएपनि हाल ७ वटा दरमा नोटमात्र चलनचल्तीमा रहेका छन् । रु १, रु २, रु २५ र रु २५० का नोट बजारमा छैनन् । यसै वर्षको पुस ३० गतेबाट नेपाल सरकारले रु २ का सिक्का प्रचलनमा ल्याएको छ । पहिले प्रचलनमा हुँदाहुँदै हराएको सिक्का अहिलेबाट चलनचल्तीमा पून आएको हो ।
सरकारले रु १ को नोट छपाई खर्च अधिक र मुद्रास्फिति भएकोले यसको खरिद क्षमता घटेको भन्दै सिक्का छाप्ने निर्णय गरेको थियो । पहिले नेपालकै टक्सार विभागले सिक्का छाप्ने काम गर्दथ्यो तर यसले छपाई गरेको सिक्का मूल्य भन्दा छपाई खर्च बढि लागेको भन्दै सरकारले टेण्डर मार्फत चीन सरकारलाई छाप्ने अधिकार दिएको थियो ।