५ जेठ, २०८१ शनिबार

06:42:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आठ करोड रुपैयाँका सिक्का बजारमा, नयाँ नेपालको नक्सा सहित

३० पुस, २०७८

आठ करोड रुपैयाँका सिक्का बजारमा, नयाँ नेपालको नक्सा सहित

काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले  (पौष ३०) देखी २ रुपैयाँको सिक्का प्रयोगमा ल्याएको छ । तत्कालका लागि बैंकले २ रुपैयाँका ४ करोड सिक्का ८ करोड रुपैयाँ बराबरको बजारमा पठाएको जानकारी दिएको छ । सिक्कामा नेपालको नक्सा, नेपालको झण्डा, शंख, जानकी मन्दीर, नेपाली अंग्रेजी दुवै भाषामा लेखिएको अक्षर लगाएत रहने राष्ट्र बैंकले जारी गरेको जानकारीमा उल्लेख छ ।

बैंकले यस अघि पनि २ रुपैयाँको सिक्का प्रयोगमा ल्याएको थियो । यस अघि प्रयोगमा ल्याइएको सिक्कामा तत्कालिन राजाको नाम राख्ने गरिन्थ्यो भने गणतन्त्र पछि जारी गरिएका सिक्कामा सगरमाथा, जानकी मन्दीर, चन्द्र सूर्य लगाएतका नेपाललाई चिनाउने विभिन्न आकृति राख्ने गरिएको थियो । केही वर्ष सिक्काको मूल्य भन्दा सिक्का बनाउने मूल्य बढि भएको भन्दै सिक्का जारी नगरेको राष्ट्र बैंकले फेरी सिक्का प्रयोगमा ल्याएको हो ।