८ बैशाख, २०८१ शनिबार

03:23:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा

२६ भदौ, २०७९

सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा

काठमाडौं । बलात्कार आरोपी सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्‍याम ज्ञवालीले जानकारी दिनुभयो ।

क्यारेबियन प्रिमियर लिग (सीपिएल) क्रिकेट खेल्न वेस्ट इन्डिजमा रहेका सन्दीपले ट्वीट गर्दै आफू  केही दिनभित्र नेपाल फर्कने जनाएका थिए । लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले भदौ २३ गते अनुमति दिएको थियो ।