२६ बैशाख, २०८१ बुधबार

10:17:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रृजनशील लघुवित्तको आइपीओ बाँडफाँड मिति तय, ३६ हजारले मात्रै सेयर पाउने

२६ भदौ, २०७९

 श्रृजनशील लघुवित्तको आइपीओ बाँडफाँड मिति तय, ३६ हजारले मात्रै सेयर पाउने

काठमाडौं । अहिले आम लगानीकर्ताहरुलाई  श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड कहिले होला भन्ने कौतुहल्ता लागेको छ । कम्पनीले भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणको लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेको थियो ।

हाल आम लगानीकर्ताको चासोको बिषयमा रहेको यस लघुवित्त कम्पनीको आईपीओ भोलि (भदौ २७ गते सोमबार) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा सोमबार बिहान ९ः१५ बजे आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको छ ।

लघुवित्त कम्पनीले प्रतिकित्ता १०० रुपियाँमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको थियो ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्काशन गर्न लागेको सेयरको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने छ । श्रृजनशील लघुवित्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । कम्पनीको आईपीओमा मागभन्दा ५६.८७ गुणा बढी आवेदन परेको छ । गोलाप्रथाबाट आईपीओ बाँडफाँड गर्दा ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता सेयर पाउनेछन् ।