२३ बैशाख, २०८१ आइतबार

09:33:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जीवन बीमा कम्पनीको दाबी भुक्तानी रकम ३५ प्रतिशतले बढ्यो, निर्जीवनको कति ?

२६ भदौ, २०७९

जीवन बीमा कम्पनीको दाबी भुक्तानी रकम ३५ प्रतिशतले बढ्यो, निर्जीवनको कति ?

काठमाडौं । एक वर्षको अवधि (२०७८।७९) मा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले ४४ अर्ब ६० करोड रूपैयाँ कुल दाबी भुक्तानी गरेका छन् । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ३५.१५ प्रतिशत बढी हो । आर्थिक बर्ष २०७८।७९ मा जीवन बीमा कम्पनीहरुले ३३ अर्ब रूपैयाँ कुल दाबी भुक्तानी गरेका थिए ।

निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक बर्षमा १८ अर्ब ८२ करोड रूपैयाँ कुल दाबी भुक्तानी गरेको बिमा समितिले जनाएका छन् ।  यो रकम अघिल्लो आर्थिक बर्षको तुलनामा ८.२५ प्रतिशतले धेरै हो । अघिल्लो आर्थि बर्षमा कम्पनीहरूले १७ अर्ब ३९ करोड रूपैयाँ कुल दाबी भुक्तानी गरेका थिए ।

जीवन बीमा कम्पनीहरूले ३ लाख ३१ हजार ६३५ वटा बीमा दाबी वापत सो रकम भुक्तानी गरेका हुन् भने निर्जीवन बीमा कम्पनीहरूले १ लाख ४१ हजार १८६ वटा बीमा दाबी वापत सो रकम भुक्तानी गरेका हुन् ।

अघिल्लो आवमा जीवन बीमा कम्पनीहले १ लाख ३६ हजार ४६४ वटा बीमा दाबीको भुक्तानी गरेका थिए । यस्तै, समितिकाअनुसार निर्जीवन बीमा कम्पनीहरूले १ लाख ४६ हजार ९३१ वटा बीमा दाबीको भुक्तानी गरेका थिए ।

अघिल्लो आवको तुलनामा जीवन बीमा कम्पनीहरूमा कुल दाबी भुक्तानीको संख्या १४३.०२ प्रतिशतले बढेको हो । निर्जीवन बीमा कम्पनीहरूमा भने कुल दाबी भुक्तानी संख्या ३.९१ प्रतिशतले घटेको हो ।