८ बैशाख, २०८१ शनिबार

10:56:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राहत सामग्रीसहित उद्योगमन्त्री बडू बाढी प्रभावित क्षेत्र दार्चुलामा

Nepal Business

२५ भदौ, २०७९

बाढीपहिरामा परी मृत्यु हुनेमा तीन जना महिला दुई जना पुरुष गरी पाँच जना रहेका छन् , अहिलेसम्म चार महिला र छ पुरुष गरी १० जना बेपत्ता भएका छन् ।

राहत सामग्रीसहित उद्योगमन्त्री बडू बाढी प्रभावित क्षेत्र दार्चुलामा

धनगढी,
धनगढीबाट राहत सामग्री बोकेर सेनाको हेलिकप्टरमार्फत नेपाल सरकारका उद्योग तथा वाणिज्यमन्त्री दीलेन्द्रप्रसाद बडूसहितको टोली दार्चुला पुगेको छ । 

टोलीमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, सुदूरपश्चिम प्रदेशका वन वातावरण उद्योग तथा पर्यटनमन्त्री मानबहादुर धामीसहित सहभागि हुनुहुन्छ । 

टोलीमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, सुदूरपश्चिम प्रदेशका वन वातावरण उद्योग तथा पर्यटनमन्त्री मानबहादुर धामीसहित सहभागि हुनुहुन्छ । 

शुक्रबार राति  परेको अविरल वर्षाका कारण पहिरामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ ।

त्यसमध्ये सनाखत हुनेमा महाकाली नगरपालिका–२ मुल्ला ७७ वर्षीय नन्दराम बोहरा, महाकाली–३ डुङ्री बस्ने ३५ वर्षीया मानमती कार्की रहेका छन् भने नौगाड गाउँपालिका वडा नं १ बस्ने ३५ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ४५ वर्षीय मोहनराम पार्की रहेका छन् ।

पहिरामा परी घाइते भएका नौगाड गाउँपालिकाका रामसिंह ठगुन्ना, वीरा ठगुन्ना, फागुली ठगुन्ना र जयबहादुर ठगुन्नालाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल पु¥याएर उपचार भइरहेको छ भने २० वर्षीया सुत्केरी हरिना महरको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिनुभयो ।

बाढीपहिरामा परी मृत्यु हुनेमा तीन जना महिला दुई जना पुरुष गरी पाँच जना रहेका छन् । घाइते हुनेमा तीन महिला र पाँच पुरुष गरी जम्मा आठ जना रहेका छन् । 

बाढीपहिरामा अहिलेसम्म चार महिला र छ पुरुष गरी १० जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण पहिरामा पुरिएर दुई सय ६३ पशुचौपायको मृत्यु भएको छ ।