१४ बैशाख, २०८१ शुक्रबार

02:40:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पुरुष क्रिकेट प्रतियोगिताको शनिबार तय भएका तीनवटै खेल वर्षाका कारण प्रभावित

Nepal Business

२५ भदौ, २०७९

पुरुष क्रिकेट प्रतियोगिताको शनिबार तय भएका तीनवटै खेल वर्षाका कारण प्रभावित

काठमाण्डौं । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार तय भएका तीनवटै खेल वर्षाका कारण प्रभावित भएका छन् । वर्षाका कारण मैदान भिजेपछि तीनै खेल रद्द भएको हो । कीर्तिपुरस्थित टियु मैदानमा शनिबार वर्षाको कारण मैदान खेल्न योग्य नभएपछि प्रदेश–१ र एपीएफबीचको खेल रद्द भएको हो ।

त्यस्तै टियुमै आज हुने भनिएको गण्डकी प्रदेश र त्रिभुवन आर्मीबीचको खेल पनि रद्द भएको छ भने मुलपानी मैदानमा हुने भनिएको मधेश प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल पनि रद्द भएको छ । खेल रद्द भएपछि १–१ अंक बाढिएको छ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।

तर, पुरुष क्रिकेट भने अगाडि नै आयोजना भईरहेको हो तर खेलहरु बर्षाका कारण प्रभावित हुँदै आएका छन् । प्रतियोगितामा तीन विभागिय, सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।