२७ बैशाख, २०८१ बिहिबार

07:48:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

३१ कम्पनी आईपीओ ल्याउने तयारीमा

Nepal Business

२५ भदौ, २०७९

३१ कम्पनी आईपीओ ल्याउने तयारीमा

काठमाण्डौं । सर्वसाधारणका लागि निष्कासन गरिने सर्वसाधारण सेयर (आईपीओ) ल्याउने तयारीमा ३१ कम्पनी रहेका छन् । त्यसका लागि ३१ कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दिएको निवेदन दिएका छन् । 

सेबोनका अनुसार कम्पनीहरुको १० अर्ब १५ करोड ७ लाख ३० हजार ७८५ रुपैयाँ बराबरको ७ करोड २९ लाख ४७ हजार ७३१ कित्ता प्रारम्भिक सेयर निष्कासनका लागि  स्विकृतिको पर्खाईमा छन् । 
सेबोनमा स्विकृतिका लागि दिएका दुई कम्पनीले बुक बिल्डिङ विधिबाट सेयर बिक्री गर्न पाउँ भन्दै बोर्ड समक्ष माग गरेका छन् । 

मग गर्नेमा सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सेयर  निष्कासन गर्न अनुमति मागेका हुन् । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ मार्फत २४ लाख कित्ता सेयर निष्कासनको तयारीमा छ । सर्वोत्तमको सेयर प्रतिकित्ता ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म तोकिएको छ । 

आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा दुईवटा बीमा कम्पनी, १८ वटा हाइड्रोपावर, दुईवटा लघुवित्त र अन्य समूहअन्तर्गत रहेका डिस मिडिया नेटवर्क, मुक्तिनाथ कृषि कम्पनी, कालिञ्चोक दर्शन कम्पनी, हाथवेय इन्भेष्टमेन्ट नेपाल र सिटी होटल्स लगायतका कम्पनीहरु रहेका छन् ।