२७ बैशाख, २०८१ बिहिबार

05:35:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कस्तो रह्यो यस साताको सेयर बजार ?

Nepal Business

२५ भदौ, २०७९

कस्तो रह्यो यस साताको सेयर बजार ?

काठमाण्डौं । यस साता सेयर बजार ३२.८८ अंकले घटेको छ । यस साता ३२.८८ अंकले बजार घट्दा नेप्से परिसूचक १९३७.७४ विन्दुमा पुगेको छ । गत साता १९७०.६२ विन्दुमा रहेको सेयर बजारमा यस साता १.६७ प्रतिशतले कमी आएको हो । 

यस अवधिमा नेप्सेसँगै कारोबार पनि घटेको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १९.८९ प्रतिशत घटेको हो । गत साता दैनिक औषतमा १ अर्ब २६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १ अर्ब १ करोडका मात्र शेयर कारोबार भएको छ ।

यस्तै यस साताको दैनिक औषत कारोबार संख्या १६.२२ प्रतिशत घटेको छ भने दैनिक औषत शेयर संख्या १६.०१ प्रतिशत घटेको छ ।यस अवधिमा नेप्सेको कुल बजार पुँजीकरण पनि घटेको छ ।

गत साता २८ खर्ब २६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता ४७ अर्ब रुपैयाँ अर्थात १.६७ प्रतिशत घटेर २७ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित भएको छ । यो हप्ता १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.९७ प्रतिशत घटेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक ०.४७ प्रतिशत घटेको छ ।

अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १०३.१६ अंक घटेको छ भने म्युचुअल फण्ड उपसमूहको सबैभन्दा कम ०.१३ अंक घटेको छ ।

यसैगरी, यस हप्ता सेन्सेटिभ इण्डेक्स ६.३६ अंक घटेर ३७६.८४ विन्दुमा झरेको छ भने फ्लोट इण्डेक्स २.३० अंक घटेर १३३.९९ विन्दुमा झरेको छ । यस साता सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक घटेर १२३.२२ विन्दुमा झरेको छ ।