१३ बैशाख, २०८१ बिहिबार

01:49:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रथम एन.आर.एन. राष्ट्रिय कराँते प्रतियोगिता सुरु

Nepal Business

२४ भदौ, २०७९

प्रथम एन.आर.एन. राष्ट्रिय कराँते प्रतियोगिता सुरु

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले विदेशमा रहेका नेपालीहरुलाई समेत नेपालको राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदै गएको बताउनुभएको छ ।

शुक्रबारदेखी काठमाण्डौंमा सुरु भएको प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अथकले गैरआवासीय नेपालीहरुलाई आर्थिक र साँस्कृतीक अधिकार सहितको नागरीकता प्रदान गर्ने तयारी भईरहेकाले आगामी दिनमा नेपाली राष्ट्रिय टिममा एनआरएनका खेलाडीहरु समावेश हुन सक्ने वातावरण बन्दै गएको बताउनुभएको हो । 

विभिद कारणले विदेशी भुमीका रहेका नेपालीहरुबीच खेलकुदको माध्यमबाट आपसी सद्भाव र भाइचारा कायम गर्न प्रयास भइरहेको तथ्य प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताले पुष्टि गरेको उल्लेख गर्दै मन्त्री अथकले एनआरएनका नयाँ पुस्ताहरुलाई समेत खेलकुदका माध्यमबाट नेपालसँग जोड्ने अभियान सुरु गर्नुपर्ने बताउनुभयो । 

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनलाई समेत समावेश गर्ने गरी प्रक्रिया अगाडी बढाइएकाले त्यसको सदुपयोग गर्न समेत मन्त्री अथकले आग्रह गर्नुभयो ।