२६ बैशाख, २०८१ बुधबार

06:09:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नयाँ स्टक एक्सचेन्ज सञ्चालन र ब्रोकर लाइसेन्स वितरणबारे लगानीकर्ताले गरे मुक्तकण्ठले प्रशंसा

२४ भदौ, २०७९

नयाँ स्टक एक्सचेन्ज सञ्चालन र ब्रोकर लाइसेन्स वितरणबारे लगानीकर्ताले गरे मुक्तकण्ठले प्रशंसा

काठमाडौं । सेयर लगानीकर्ताका संघसंगठनले थप ब्रोकर लाइसेन्स वितरण र नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा ल्याउने सम्बन्धी नयाँ व्यवस्था मन्त्रीपरिषदबाट पारित भएकोमा मुक्तकण्ठले प्रशंसा गरेका छन् ।  

नेपाल इन्भेस्टर्स फोरमका तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसादप फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सरकारको यो कदमको स्वागत गरेका हुन्।

‘विगत लामो समय देखि विभिन्न चरणमा लगानीकर्ताका संघ संगठन र लगानीकर्ताहरूले उठाउँदै आएका प्रमुख मागहरू मध्ये बैंक लगायत नयाँ ब्रोकर संख्या थप गर्ने कार्य FREE ENTRY/FREE EXIT र नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्न बनेको "धितोपत्र व्यवसायी नियमावली २०६४" (चौंथो संशोधन) विधेयकलाई मिति २०७९/५/२१ गते मन्त्रीपरिषद्बाट पारित भएको हुँदा सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय अर्थमन्त्रीज्यू, मन्त्रीपरिषद्मा रहनुहुने सम्पूर्ण माननीय मन्त्रीज्यूहरू तथा यस महान कार्यको नेतृत्व लिनुहुने नेपाल धितोपत्र बोर्डका अध्यक्ष लगायत धितोपत्र बोर्ड परिवारलाई सम्पूर्ण लगानीकर्ताहरूको संघसंगठन तथा लगानीकर्ताहरूको तर्फबाट यस ऐतिहासिक निर्णय मुक्तकण्ठले प्रशंसा गर्दै हार्दिक आभार व्यक्त गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

पुँजीबजार सुधार र विस्तारको कार्यमा यस्ता निर्णय सदैव स्वागत योग्य रहेको विज्ञप्तिमा उल्लेख छ। ‘आगामी दिनमा पुँजीबजार विकासमा बाँकी रहेका धेरै कार्यमध्ये मार्जिन ल्यान्डिङ, ब्रोकर कमिसन, डीपी शुल्क हटाउने कार्य पनि यथाशीघ्र हुने नै छ भन्ने अपेक्षा गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।