११ बैशाख, २०८१ मंगलबार

12:54:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सन्दीप लामिछाने सीपीएलबाट बाहिरिए, कहिले फर्केलान् नेपाल ?

२४ भदौ, २०७९

सन्दीप लामिछाने सीपीएलबाट बाहिरिए, कहिले फर्केलान् नेपाल ?

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट बाहिरिएका छन् ।

बलात्कार आरोपपछि लामिछानेलाई सिपिएलले टिमबाट हटाएको हो । सन्दीप पछिल्लो पटक वेस्टइन्डिजको जमैका तलावाजमा आबद्ध थिए ।

क्रिक इन्फोले लामिछानेलाई हटाएको जनाकारी दिएको छ । यसअघि लामिछानेले ट्वीट गर्दै आफू सिपिएल छाडेरै नेपाल फर्किने र निर्दोष रहेको बताएका थिए ।

१७ वर्षीय कोशिरीलाइ बलात्कार गरेको आरोपपछि सन्दीपमाथि जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको छ भने क्यानले बिहीबार नै निलम्बन गरेको छ । सन्दीप एक–दुई दिनभित्रै नेपाल फर्किँने बताईएको छ ।