२० बैशाख, २०८१ बिहिबार

02:25:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६ अर्ब ३६ करोडको लागतमा अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने

Nepal Business

२४ भदौ, २०७९

६ अर्ब ३६ करोडको लागतमा अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने

काठमाण्डौं । गोरखाको धार्चे गाउँपालिकाको यारुखोलामा अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ । कुल ६ अर्ब ३६ करोड बढिको लागतमा गोरखाको धार्चे गाउँपालिकामा ३० मेगावाटभन्दा बढिको सो आयोजना बन्ने भएको हो । 

वार्षिकरुपमा औसतमा १७५.९७८ गिगावाट विद्युत उत्पादन गर्ने अनुमान गरिएको आयोजना ६ वर्षको अवधीमा सम्पन्न हुने गरि निर्माण हुन लागेको हो । यारु हाइड्रोपावर प्राइभेट लिमिटेड र नेपाल इन्भाइरोमेन्ट एन्ड डेभलप्मेन्टले निर्माण गर्न लागेको हो ।

आयोजना निर्माणका लागि पूर्वाधार विकास शुल्कबाहेकको कुल लागत ६ अर्ब ३६ करोड ५७ लाख ७९ हजार रहेको छ । जसमध्ये ७० प्रतिशत लागत ऋणमार्फत रहेको छ भने ३० प्रतिशत लागत साझेदारीमार्फत रहनेछ ।

३०।५० मेगावाटको क्षमता रहेको यो जलविद्युत् आयोजनाको जलाधार क्षेत्रको ५९.९ वर्ग किमि रहने छ । करिब ३२ किलोमिटर लामो १३२ किलोभोल्टको प्रसारण लाइनमार्फत् नेपाल विद्युत प्राधिकरणको वोर्लाङ सब–स्टेसनमा जोडिने छ ।