२३ बैशाख, २०८१ आइतबार

04:41:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक वर्षमा कुल जीवन बीमालेख ५२.४३ प्रतिशतले बढ्यो, निर्जीवन बीमालेख घट्यो

Nepal Business

२४ भदौ, २०७९

एक वर्षमा कुल जीवन बीमालेख ५२.४३ प्रतिशतले बढ्यो, निर्जीवन बीमालेख घट्यो

काठमाण्डौं । गत आर्थिक वर्षमा कुल जीवन बीमालेख ५२.४३ प्रतिशतले बढेको छ । बीमा समितिको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्म बीमालेख संख्या ४५ लाख २ हजार ४४२ ले बढेको हो ।

गत आव वर्षको साउन मसान्तसम्म कुल बीमालेख संख्या ८५ लाख ८७ हजार ४४ रहेकोमा गत आवको सोही अवधिमा ५२.४३ प्रतिशतले बढेर १ करोड ३० लाख ८९ हजार ४८६ पुगेको छ ।  

यस्तै कुल निर्जीवन बीमालेख भने घटेको छ । गएको वर्षमा २ लाख ४१ हजार ८३७ बीमालेख रहेकोमा चालु आवको वर्षको सोही अवधिमा उक्त बीमालेख ८.३५ प्रतिशतले घटेर २ लाख २१ हजार ६४२ पुगेको छ । 

यस्तै समितिका अनुसार बीमा कम्पनीहरुको कार्यालयको संख्यामा पनि ९.८७ प्रतिशतले वृद्धि भएको छ ।गत वर्ष बीमा कम्पनीका कार्यालयहरु ३ हजार ६१ रहेकोमा यस वर्ष ३ हजार ३६६ पुगेका छन् ।

यसैगरी यस अवधिमा बीमा कम्पनीका कर्मचारीको संख्या भने ८.८८ प्रतिशतले बढेर ११ हजार ८३० जना पुगेका छन् । गत वर्षको सोही अवधिमा बीमा कम्पनीहरुमा १० हजार ८६५ कर्मचारी पुगेको तथ्याङकमा उल्लेख छ ।