२६ बैशाख, २०८१ बुधबार

08:45:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

"नयाँ स्टक एक्सचेन्ज आवश्यक छैन, नेप्सेलाई सुदृढीकरण र आधुनिकीकरण गरौँ "

२४ भदौ, २०७९

"नयाँ स्टक एक्सचेन्ज आवश्यक छैन, नेप्सेलाई सुदृढीकरण र आधुनिकीकरण गरौँ "

काठमाडौं । नेप्से कर्मचारी संघले नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहेको जनाएको छ। मन्त्रिपरिषद्ले सेबोनको संशोधित नियमावली स्वीकृत गर्दै नयाँ स्टक एक्सचेन्ज सञ्चालनको बाटो खुला गरेको छ।

कर्मचारी संघले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै नेप्से सरकारलाई सुनको अण्डा दिने कुखुरो रहेको भन्दै नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहेको जनाएको छ।

संघले विश्वभर मर्जरको लहर, अर्थतन्त्रको आकार, पूँजी बजार संवेदनशील क्षेत्र, धेरै स्टक एक्सचेञ्ज खोल्दा हुने प्रतिस्पर्धा, धितोपत्र बोर्डसँग भएको नियमन गर्ने स्रोत साधन लगायतका कुराहरूलाई औल्याउँदै नयाँ स्टक एक्सचेञ्ज आवश्यक नरहेको जनाएको छ ।

अर्थतन्त्रको आकारका हिसाबले पनि मुलुकको लागि दुइवटा स्टक एक्सचेन्ज आवश्यक नरहेको कर्मचारीहरूको भनाई छ। अन्य क्षेत्रमा संख्या बढाएर प्रतिस्पर्धा गर्न सकिए पनि स्टकमा भने त्यसको ठिक विपरीत हुने विज्ञप्तिमा भनिएको छ।

उनीहरुले नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहेको र नेप्सेलाई नै पुनः संरचना गर्दै , यसको सुदृढीकरण र आधुनिकीकरण गर्नु पर्ने बताएका छन् ।