२६ बैशाख, २०८१ बुधबार

06:02:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

के तपाईको खातामा आयो त ९.५ प्रतिशत बोनस सेयर ? नआए यसो गर्नुहोस्

२४ भदौ, २०७९

के तपाईको खातामा आयो त ९.५ प्रतिशत बोनस सेयर ? नआए यसो गर्नुहोस्

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको अघिल्लो आर्थिक वर्षको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ। कम्पनीले गत असार २९ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट पारित भएको ९.५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरिदिएको हो । गत असार १४ गतेसम्म सेयर अभौतिकीकरण गरेका सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिएको कम्पनीले जनाएको छ ।

सो मितिपश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा बोनस सेयर क्रमश जम्मा हुने पनि कम्पनीले जनाएको छ। अहिलेसम्म पनि डिम्याट नगरेका सेयधनीहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने कम्पनीले बताएको छ ।