२० बैशाख, २०८१ बिहिबार

05:01:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

टी–ट्वान्टी लिगका लागि थप दुई टिम तथा टिम मालिक घोषणा

Nepal Business

२३ भदौ, २०७९

 टी–ट्वान्टी लिगका लागि थप दुई टिम तथा टिम मालिक घोषणा

काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिग खेल्ने थप दुई टिम तथा टिम मालिक घोषणा गरेको छ । क्यानले बिहीबार पत्रकार सम्मेलनको घोषणा गर्दै थप दुई टिम र टिम मालिकको घोषणा गरेको हो । 

पहिलो संस्करणको प्रतियोगिता खेल्ने नयाँ टिममा पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेड रहेका छन् । पोखराको मालिकमा पोस्टराज ज्ञवाली, सुबोध त्रिपाठी र अतिस ज्ञवाली रहेका छन् । फारवेस्टको मालिक एसआर स्पोर्ट्स एण्ड मिडिया भेन्चर्स युकेका रुपिन्दर बाग्गा रहेका छन्। 

क्यानले यस अघि ४ वटा टिमको नाम र टिम मालिक घोषणा गरिसकेको छ । पत्रकार सम्मेलनमा क्यानका सचिव प्रशान्त मल्लले लिगको तयारी तीव्र रुपमा भइरहको बताउनुभयो ।

उहाँले खेल फ्रेन्चाइज क्रिकेट अनुसार नै अघि बढ्ने र ड्राफ्टमा खेलाडीहरुलाई खुल्ला राखिएको बताउनुभयो । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ।

क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ । यस्तै प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यस अघि नै मान्यता दिईसकेको छ।