२३ बैशाख, २०८१ आइतबार

06:28:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय बीमा कम्पनीको सिइओमा शेखर बराल नियुक्त

२३ भदौ, २०७९

राष्ट्रिय बीमा कम्पनीको सिइओमा शेखर बराल नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा शेखर बराल नियुक्त हुनुभएको छ। बराललाई ४ वर्षका लागि सिइओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । राष्ट्रिय बीमा कम्पनीको बिहिबार बसेको संचालक समितिको बैंककले बराललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।

पदपुर्ती उपसमितिले खुला प्रतिस्पर्धाबाट सुरेन्द्र थापा, रामबहादुर खड्का र शेखर बरालको नाम सिफारिस गरेको थियो । बरालसँग सुर्य लाइफ, लुम्बिनी जनरल र युनाईटेड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेको  छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करियर सुरु गर्नुभएको बरालले त्रिभुवन विश्व बिद्यालयबाट एमबीए गर्नुभएको छ ।  छन् । बरालले आइतबारदेखि नै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सिइओको कार्यभार सम्हाल्नुहुने छ ।