२६ बैशाख, २०८१ बुधबार

12:59:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आईपीओ निष्काशनको अनुमति माग्दै दुई कम्पनी धितोपत्र बोर्डमा, कुनको कति ?

२३ भदौ, २०७९

आईपीओ निष्काशनको अनुमति माग्दै दुई कम्पनी धितोपत्र बोर्डमा, कुनको कति ?

काठमाडौं । आईपीओ निष्काशनको अनुमति माग्दै दुई कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आईपीओ निष्काशनको अनुमति माग्दै सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र माई खोला हाइड्रोपावर लिमिटेडले धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।

सगरमाथाले आईपीओ निष्काशनको अनुअमति माग्दै भदौ ९ गते र माईखोलाले आईपीओ निष्काशनको अनुअमति माग्दै भदौ २२ गते बोर्डमा आवेदन दिएको हुन् ।

सगरमाथाले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि कुल ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता आईपीओ निष्काशनको लागि  बोर्डसँग अनुमति मागेको हो ।

त्यस्तै माईखोलाले १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार ५ सय ६८ कित्ता आईपीओ निष्काशनको लागि बोर्डसँग अनुमति मागेको हो । यी दुबै कम्पनीको आईपीओ निष्काशन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।