२५ बैशाख, २०८१ मंगलबार

01:49:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अब वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई पनि आईपीओमा आरक्षण

२३ भदौ, २०७९

अब वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई पनि आईपीओमा आरक्षण

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले आइपीओमा १० प्रतिशत आरक्षण पाउने भएका छन् । मन्त्रिपरिषद बैठकले धितोपत्र दर्ता तथा निष्काशन नियमवाली २०७३ मा संशोधन स्वीकृत गरेसँगै वैदेशिक रोजगारीमा गएका नेपालीले नेपालमा निष्काशन हुने आईपीओमा आरक्षण पाउने भएका हुन्।

नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरुले नेपालमा निष्काशन हुने आईपीओमा आरक्षण पाउने ब्यबस्था गरि धितोपत्र दर्ता तथा निष्काशन नियमवाली २०७३ मा आवश्यक संशोधन गरि अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पठाएको थियो।

मन्त्रिपरिषद बैठकले उक्त संशोधनलाई स्वीकृत गरेसँगै अब वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पनि आईपीओमा १० प्रतिशत आरक्षण पाउने भएका हुन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा श्रमिकलाई प्राथमिक सेयरमा आरक्षण दिन सकिने गरी १० प्रतिशत सेयर छुट्याउने घोषणा गरिएको थियो । नियमावली स्वीकृत भएसँगै अब राजपत्रमा आएपछि वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आईपीओमा आरक्षण पाउने छन् ।